+
+
Shares

एपीईसी सम्मेलनमा पुटिन र ट्रम्पबीच भेट होला ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रेम्लिनका सल्लाहकार युरी उसाकोभले चीनमा हुने एपीईसी सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेट हुन सक्ने बताएका छन्।
  • उनले पुटिनका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङलगायतसँग छुट्टै बैठकको व्यवस्था गर्ने प्रयास गर्ने र अवसर मिले ट्रम्पसँग पनि भेट हुने बताए।
  • उसाकोभले पुटिन र ट्रम्पबीच भेट भएमा कुराकानीको विषय बैठक कति समय चल्छ भन्नेमा निर्भर रहने बताएका छन्।

२१ भदौ, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चीनमा हुने एसिया-प्यासिफिक इकोनोमिक कोअपरेशन (एपीईसी) सम्मेलनमा भेटवार्ता हुने सम्भावना रहेको छ।

क्रेम्लिनका सल्लाहकार युरी उसाकोभले पत्रकार पाभेल जाारुबिनलाई अन्तर्वार्ता दिँदै यो कुरा बताएका हुन्।

उनले भनेका छन् , “प्रत्येक नेताले एसिया-प्यासिफिक इकोनोमिक कोअपरेशन सम्मेलनमा भाग लिने योजना बनाएका छन्। स्वाभाविक रूपमा हामी हाम्रा नेताका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ लगायतसँग छुट्टै बैठकको व्यवस्था गर्न खोज्नेछौँ। अनि, यदि अवसर मिलेमा हाम्रा नेताले अमेरिकी राष्ट्रपतिसँग पनि भेट्नुहुनेछ।”

उसाकोभले पुटिन र ट्रम्पबीच भेटवार्ता भएमा उनीहरूबीचको कुराकानीको विषय बैठक कति समयसम्म चल्छ भन्ने कुरामा निर्भर रहने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?