+
+
Shares

बाढीपछि बन्द विदुर नगरपालिकाका विद्यालय दुई सातापछि खुल्दै

पूर्ण क्षति भएका र होल्डिङ सेन्टर सञ्चालन गरिएका विद्यालय बन्द रहने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १९:४४

२१ भदौ, काठमाडौं । भदौ १० को विनाशकारी बाढीपछि बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका विद्यालयहरू बुधबारबाट खुल्ने भएका छन् । विदुर नगरपालिकाले दुई सातादेखि बन्द रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको नगर कार्यपालिका बैठकले बन्द रहेका विद्यालय खुलाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेलले जनाएका छन् ।

‘हाललाई अस्थायी आवास केन्द्रको रूपमा उपयोग गरिएका र पूर्ण रूपमा क्षति भएका बाहेकका विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्नुहुन अनुरोध गरिन्छ,’ प्रमुख प्रशासकीय अधिकृत पौडेलद्वारा जारी सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?