+
+
Shares

शिलान्यासको ६ वर्षपछि गाउँपालिकाको भवन उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते २१:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ३ करोड ७२ लाख ४९ हजार ७७१ रुपैयाँको प्रशासकीय भवन आइतबार उद्घाटन गरिएको छ।
  • गाउँपालिकाको ४० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत लगानीमा याङ्सोलाटारमा तीन तले पक्की भवन निर्माण गरिएको हो।
  • उद्घाटनपछि भदौ २२ गतेदेखि नयाँ भवनबाट सेवा सुरु हुने गाउँपालिकाले जनाएको छ।

२१ भदौ, खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरिएको छ । ३ करोड ७२ लाख ४९ हजार ७७१ रुपैयाँमा निर्माण सम्पन्न भएको भवन आइतबार उद्घाटन गरिएको हो ।

निर्माण सम्पन्न भएको दुई वर्षपछि गाउँपालिका अध्यक्ष लोकेन्द्र राई र उपाध्यक्ष अरुणा थापा मगरले तीन तले पक्की भवन उद्घाटन गरेका हुन् ।

गाउँपालिकाको ४० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत लगानीमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको याङ्सोलाटारमा भवन निर्माण गरिएको हो ।

रविना–अविसा जेभी, काठमाडौंले २०७७ असार ३० गते सम्झौता गरेको भवन २०८० असार २२ गते सम्पन्न भएको थियो ।

यस्तै, प्रशासकीय भवनका लागि आवश्यक फर्निचरका सामान खरिदमा गाउँपालिकाको ६४ लाख ३३ हजार ५५५ रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रवक्ता भुपेन्द्र बस्नेतले बताए । उद्घाटन लगत्तै औपचारिक रुपमा भदौ २२ गतेदेखि नयाँ भवनबाट सेवा सुरु हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हालसम्म अस्थायी भवनबाट सेवा प्रवाह गर्दै आएको थियो ।

सुरुमा ३ करोड ६४ लाख ६१ हजार ८१८ रुपैयाँमा निर्माण सक्नेगरी भवनको ठेक्का सम्झौता गरिएको थियो । समायोजनपछि सम्झौता रकम ३ करोड ७५ लाख ३९ हजार ३३२ रुपैयाँ कायम भएको थियो तर २ लाख ८९ हजार ५६१ रुपैयाँ कम भुक्तानी दिइएको प्रवक्ता बस्नेतले बताए ।

गाउँपालिकाको भवन तत्कालिन गाउँपालिका अध्यक्ष भुपेन्द्र राई र उपाध्यक्ष सपना राईले २०७७ मंसिर २८ गते शिलान्यास गरेका थिए । नौ महिना अर्थात् २०७७ चैत मसान्तभित्र पूरा गर्नेगरी ठेक्का लगाइएको भवन ढिलासुस्तीका कारण २०८० सालमा मात्रै सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?