News Summary
Generated by OK AI. Editorially reviewed.- विदुर नगरपालिकाले रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीबाट विस्थापित नगरवासीलाई घरभाडाबापत प्रतिपरिवार १० हजार रुपैयाँ दिने निर्णय गरेको छ।
- नगरपालिकाले प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, किचेन सेट र हाइजिन सेट वितरण गर्ने भएको छ।
- घर भाडामा प्रचलितभन्दा बढी भाडादर लिए कानुनबमोजिम कडा कारबाही गर्ने नगरपालिकाले चेतावनी दिएको छ ।
२२ भदौ, नुवाकोट । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भएका नागरिकलाई नुवाकोटको विदुर नगरपालिकाले तत्काल घरभाडाबापत प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
आइतबार बसेको विदुर नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीका कारण बस्नयोग्य घर नभएका नगरवासीलाई घर भाडामा लिएर बस्नका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
साथै, प्रभावित परिवारलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, किचेन सेट तथा हाइजिन सेट लगायतका राहत सामग्रीसमेत नगरपालिकाले वितरण गर्ने भएको छ।
विपद्को फाइदा उठाउँदै घरधनीले भाडा बढाउन सक्ने जोखिमलाई ध्यानमा राख्दै नगरपालिकाले सचेत समेत गराएको छ।
कोठा वा घर भाडामा लिँदा–दिँदा कसैले पनि प्रचलित तथा चलनचल्तीको भन्दा बढी भाडादर लिएको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने नगरपालिकाले स्पष्ट पारेको छ।
हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया 4