+
+
Shares

प्रधानमन्त्री राहत कोषमा गोर्खा नेपाली कम्युनिटी डार्बि बेलायतलेले जम्मा गर्यो १५ लाख

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते ११:३६

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री राहत कोषमा गोर्खा नेपाली कम्युनिटी डार्बी बेलायतलेले १५ लाख सहयोग रकम जम्मा गरेको छ ।

गोर्खा नेपाली कम्युनिटि डार्बिको आव्हानमा डार्बि र आसपासका क्षेत्रमा रहेका नेपाली समुदायको सहभागितामा सहयोग रकम जुटाइएको हो ।

नेपालमा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संकलित रकम १५ लाख २३ हजार ८३९ रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेको संस्थाका महासचिव विश्व घिमिरेले बताए ।

डार्बीका नेपाली समुदायको यो योगदानले प्रवासमा रहेका नेपालीहरूको एकता, सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको गहिरो सम्बन्धलाई प्रतिबिम्बित गरेको उनको भनाइ छ ।

मातृभूमिमा परेको विपद्को समयमा प्रवासमा रहेका नेपाली समुदायले आफ्नो देशका लागि हमेशा हरसम्भव साथ र सहयोग दिंदै आएको र आफ्नो सामाजिक तथा मानवीय दायित्व निर्वाह गर्दै राहत कोषमा सहयोग गरेको संस्थाका कोषाध्यक्ष राम क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?