News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता भन्सार कर्मचारीको सम्मानमा अर्थ मन्त्रालयले सोमबार स्मृति सभा आयोजना गरेको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित उच्च अधिकारीको उपस्थितिमा भन्सार विभाग प्राङ्गणमा कार्यक्रम गरिएको हो ।
- भन्सार विभागका अनुसार भोटेकोशी बाढीमा परेका १५ कर्मचारीमध्ये एक जनाको शव भेटिएको छ भने १४ जना अझै बेपत्ता छन् ।
२२ भदौ, काठमाडौं । भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता भन्सार कर्मचारीको सम्मानमा अर्थ मन्त्रालयले स्मृति सभा आयोजना गरेको छ ।
आज सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थ सचिव डा. घनश्याम उपाध्याय सहित उच्च अधिकारीको उपस्थितिमा स्मृति कार्यक्रम आयोजना गरिएको हो ।
मन्त्रालय परिवारको आयोजनामा भन्सार विभाग प्राङ्गणमा स्मृति सभा आयोजना भएको हो । भन्सार विभागका अनुसार कुल १५ कर्मचारी भोटेकोशी बाढीमा परेका थिए । जसमध्ये एक जनाको शव भेटिएको छ । १४ जना अझै बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4