News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न न्यूयोर्क जाने भएका छन् ।
- भोटेकोशी बाढीपछि जलवायु परिवर्तनको असरबारे राष्ट्रसंघको ध्यानाकर्षण गराउन प्रधानमन्त्री शाह नै जान लागेका हुन् ।
- यसअघि परराष्ट्रमन्त्री मात्र जाने तय भए पनि प्रधानमन्त्री शाह असोज ९ गते स्वदेश फर्किनेछन् ।
२२ भदौं, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क जाने भएका छन् । उनी असोज ९ गते स्वेदश फर्किने तय भएको छ ।
उनी त्यहाँ सम्बोधन गर्न छोटो अवधिका लागि मात्र जान लागेका हुन् । उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरकोबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने छन् । यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने तय भएको थियो । तर बाढीपछि प्रधानमन्त्री शाह नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन् । प्रधानमन्त्रीको भ्रमण प्रतिनिधिमण्डल पनि १० जनासम्मको हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4