News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य बीमा बोर्डले रसुवा, नुवाकोट र धादिङमा तीन महिनाका लागि स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाएको छ ।
- गत भदौ १० गते रसुवाको ल्हेन्दे खोलामा आएको बाढीपछि सरकारले ती तीन जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
- स्वास्थ्य बीमा परिचयपत्र हराएको वा साथमा नभए पनि सम्बन्धित संस्थाले आईएमआईएस–यूजर प्रणालीमार्फत नम्बर यकिन गरी सेवा दिनुपर्ने बोर्डले जनाएको छ ।
२२ भदौ, काठमाडौं । बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा लिन सहज हुने भएको छ । स्वास्थ्य बीमा बोर्डले तीन जिल्लामा तीन महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सहभुक्तानी (को–पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको छ ।
बोर्डको भदौ २२ गते बसेको निर्णयअनुसार गत भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलामा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा यस्तो निर्णय गरिएको हो ।
सरकारले तीन जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
बोर्डका अनुसार विपद्बाट प्रभावित नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज रूपमा उपलब्ध गराउन ती जिल्लामा तोकिएका स्वास्थ्य बीमा सेवा प्रदायक संस्थामा निर्धारित अवधिसम्म उपचार गराउँदा सहभुक्तानी र क्यापिङ लागू हुने छैन ।
त्यस्तै, बाढीका कारण स्वास्थ्य बीमा परिचयपत्र हराएको वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको छ ।
परिचयपत्र नभएका बीमितको हकमा सम्बन्धित स्वास्थ्य संस्थाले आईएमआईएस–यूजर प्रणालीमार्फत स्वास्थ्य बीमा नम्बर यकिन गरी सेवा उपलब्ध गराउनुपर्ने बोर्डले जनाएको छ ।
प्रतिक्रिया 4