+
+
Shares

कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १६:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बैठक बोलाएको छ ।
  • समितिका सदस्य सचिव राजु कटुवालले बैठकका एजेन्डाबारे केही खुलाइएको छैन भने ।
  • समितिले २४ भदौका लागि तय भएको वडा अधिवेशनको मिति हेरफेर गर्ने सम्भावना छ ।

२२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बैठक बोलाएको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबारका लागि बैठक बोलाएको हो ।

बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

बैठकका एजेन्डाबारे केही खुलाइएको छैन । तर, निर्वाचन समितिले १५ औं महाधिवेशनअन्तर्गत यसअघि तय भएका तल्लो तहका अधिवेशनहरूको मिति हेरफेर गर्ने सम्भावना छ ।

निर्वाचन समितिले यसअघि २४ भदौमा वडा अधिवेशन गर्ने मिति तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?