+
+
Shares

चिलिमेमा चट्टान विस्फोट गराएर बाटो खोल्ने काम भइरहेको छ : भारतीय राजदूत

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको चिलिमे जलविद्युत् आयोजनामा निरन्तर काम भइरहेको जानकारी गराएका छन् ।
  • उनले नेपाल–भारत संयुक्त प्राविधिक टोलीले सुरुङभित्र प्रवेशका लागि सुरक्षा डोरीको कनेक्सन बनाएको जानकारी गराएका छन् ।
  • ‘सुरुङभित्र जमेको हिलो तथा लेदो हटाउन ठूलो क्षमताको मड पम्प र जेनेरेटर समेत घटनास्थलमा ल्याइएको छ,’ उनले भनेका छन् ।
  • उद्धार कार्य सहज बनाउन आवश्यक सडक निर्माणको काम पनि अघि बढिरहेको उनले जानकारी गराएका छन् ।

२३ भदौ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको चिलिमे जलविद्युत् आयोजनामा निरन्तर काम भइरहेको जानकारी गराएका छन् ।

उनले सञ्जालमार्फत निरन्तर भारतीय टोलीसहितको समन्वयनमा उद्धारको पहल भइरहेको जानकारी गराएका हुन् ।

राजदूत श्रीवास्तवका अनुसार, नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सुरुङभित्र प्रवेश गर्नका लागि आवश्यक सुरक्षा डोरीको कनेक्सन बनाइएको बताएका छन् ।

‘सुरुङभित्र जमेको हिलो तथा लेदो हटाउन ठूलो क्षमताको मड पम्प र जेनेरेटर समेत घटनास्थलमा ल्याइएको छ,’ उनले भनेका छन् ।

यसैबीच, उद्धार कार्यलाई सहज बनाउन आवश्यक सडक निर्माणको काम पनि अघि बढिरहेको उनले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?