News Summary
Generated by OK AI. Editorially reviewed.- अन्नपूर्ण स्पाईकर किंग्सले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा मधेशलाई ३–१ सेटले हराउँदै नेपाल भलिबल लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ।
- अन्नपूर्णले पहिलो सेट २५–१६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–२१ ले जितेको थियो।
- मधेशले दोस्रो सेट ३१–२९ ले जितेर खेल १–१ को बराबरीमा ल्याएको थियो।
२२ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाईकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सोमबार भएको खेलमा अन्नपूर्णले मधेशलाई ३–१ सेटले पराजित गर्यो ।
अन्नपूर्णले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दा मधेशले दोस्रो सेट ३१–२९ ले जित्दै खेल बराबरी गरेको थियो ।
त्यसपछि अन्नपूर्णले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२१ ले जित्दै खेल आफ्नो पक्षमा पार्यो ।
प्रतिक्रिया 4