+
+
Shares

कसैले एक रुपैयाँ भ्रष्टाचार गरेको थाहा पाए जनताको तर्फबाट म लड्नेछु : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले एक रुपैयाँ भ्रष्टाचार गरेको थाहा पाए नेपाली जनताको तर्फबाट लड्ने बताउनुभयो ।
  • मंगलबार जेनजी शहीदहरूको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले आफूलाई दिइएको कुर्सी जिम्मेवारी भएको बताउनुभयो ।
  • उहाँले ‘एक रुपैयाँ कसैले भ्रष्टाचार गरेको थाहा भयो भने गृहमन्त्री तीन करोड नेपाली जनताको तर्फबाट लड्नेवाला छ ।’ भन्नुभयो ।

२३ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको थाहा पाए आफू नेपाली जनताको तर्फबाट लड्ने बताएका छन् ।

मंगलबार जेनजी शहीदहरूको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘त्यो परिवर्तन जसको लागि हामी लडेका थियौं, त्यो कुर्सी जुन मलाई दिइएको छ त्यो जिम्मेवारी हो । त्यो परिवर्तन जसको लागि हामी लडेका थियौं,’ गुरुङले भने, ‘त्यो कुर्सीमा तपाईं नै छु भनेर सोच्नुपर्‍यो ।’

उनले थप भनेका छन्, ‘इमानदारीका साथ छाती चौंडा बनाएर, शीर उच्च बनाएर म भन्न सक्छु, एक रुपैयाँ कसैले भ्रष्टाचार गरेको थाहा भयो भने गृहमन्त्री तीन करोड नेपाली जनताको तर्फबाट लड्नेवाला छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?