+
+
Shares

कविता नेपालीको शीर्ष भूमिकामा फिल्म ‘अन्तिम दाउ’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कविता नेपाली शीर्ष भूमिकामा रहने कथानक फिल्म ‘अन्तिम दाउ’ निर्माण हुने भएको छ ।
  • फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुति रहने फिल्मलाई बिजु पार्कीले निर्देशन गर्नेछन् ।
  • फिल्मको पहिलो पोस्टरमा कविता नेपाली र निश्चल प्रधानसहित विजय लामा, अर्पण थापा, सशांक मैनाली र पेमा दावा लामा प्रस्तुत गरिएका छन् ।

काठमाडौं । कविता नेपालीलाई शीर्ष भूमिकामा लिएर कथानक फिल्म ‘अन्तिम दाउ’ निर्माण हुने भएको छ । निर्माताले कथावस्तु झल्किने थिम र कलाकार सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।

फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुति रहने फिल्मलाई बिजु पार्कीले निर्देशन गर्दैछन् । सार्वजनिक पहिलो झलक हेर्दा यो फिल्म एक्सन-थ्रीलर जनरामा निर्माण हुने बुझ्न सकिन्छ ।

सेटअप, मुड र क्यारेक्टर दर्शाउने फिल्मको पहिलो पोस्टरमा शीर्ष कलाकारलाई चित्रण गरिएको छ । कविता र निश्चल प्रधानलाई पोस्टरमा रहस्यमयी लुक्समा प्रस्तुत गरिएको छ ।

पोस्टरमा बाँकी चार कलाकार विजय लामा, अर्पण थापा, सशांक मैनाली र पेमा दावा लामालाई पनि प्रस्तुत गरिएको छ । सह-निर्मातामा निर्माता सुवास तामाङ, कर्मा लामा र पासाङ नोर्बु शेर्पा छन् ।

कार्यकारी निर्मातामा रमेश शाही ठकुरी, शिशिर पार्की छन् । छायांकन चाँडै सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?