सुधाकर जान्ने/मान्ने लेखक हुन् । उनको राजनैतिक चेत तकडा छ । उनी खुब पढ्छन् पनि । उनको मुख्य काम राजनीतिक दलका घोषणापत्र तथा नेताका भाषण लेख्नु हो । उनले आर्थिक लाभका कारण विभिन्न राजनीतिक दल परिवर्तन गरिरहन्छन् ।
त्यहीँ एक्लो, लोभी र केही स्वार्थी सुधारकलाई सम्झाइबुझाइ गर्ने एउटा काल्पनिक पात्र छ- न्यू मुन ।

ती पात्रले सुधाकरलाई के सुधार्न सक्छन् ? अथवा उनीहरूबीच के हुन्छ ?
यो उत्तर भने अहिले सुकेधारास्थित ओस्कार इन्टरनेशनल कलेजको साधना घर थिएटरमा मञ्चन भइरहेको ‘सुधाकरको न्यू मुन’ नाटकले दिन्छ । नाटकमा सागर दाहालको कथा र मुक्तिको निर्देशन रहेको छ । म्याजिकल रियालिजम विधामा बनेको यो नाटकले मानवीय भावना, विचार, नाम अनि नैतिकता कसरी परिस्थितिको दास हुन्छन् भन्ने कथा देखाउँछ ।

नाटकमा सागर दाहाल, शकु शाह, आहान भण्डारी, रोहित श्रेष्ठ र सुजता गुरुङको अभिनय रहेको छ ।
नाटक २७ भदौसम्म मञ्चन हुनेछ ।
तस्वीरहरू : चन्द्र बहादुर आले/अनलाइनखबर

प्रतिक्रिया 4