News Summary
Generated by OK AI. Editorially reviewed.- नास–आईटीको चौथो साधारणसभाले आगामी तीन वर्षका लागि नौ जना बोर्ड सदस्य निर्वाचित गरेको छ।
- सन् २०२६–२०२९ का लागि गार्डसिक्स नेपालका कन्ट्री डाइरेक्टर दीपेन चापागाईं अध्यक्ष चयन भएका छन्।
- नयाँ कार्यसमितिले सदस्य कम्पनी, सरकार, शैक्षिक क्षेत्र, विकास साझेदार र अन्तर्राष्ट्रिय सरोकारवालासँग सहकार्य मजबुत बनाउने जनाएको छ।
२५ भदौ, काठमाडौं। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) को चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । चौथो साधारणसभाबाट आगामी तीन वर्षका लागि नौ जना बोर्ड सदस्य निर्वाचित भएका छन् ।
सन् २०२६-२०२९ का लागि नवनिर्वाचित बोर्डमा गार्डसिक्स नेपालका कन्ट्री डाइरेक्टर दीपेन चापागाईं अध्यक्ष चयन भएका हुन् ।
त्यस्तै, योङ इन्नोभेसन्सका कार्यकारी अध्यक्ष विभूषण बिष्ट उपाध्यक्ष, अलाया नेपालकी जेनेरल मेनेजर श्रेया श्रेष्ठ महासचिव, जेस्पर आईटीका सीईओ सागर केसी कोषाध्यक्ष चयन भएका हुन् ।
यसबाहेक पाँचजना बोर्ड सदस्यका रुपमा रहेका छन् । लिपफ्रग टेक्नोलोजीका प्रमुख सञ्चालन अधिकृत कैलाश राज विजयानन्द, एमिनेन्स वेजका प्रबन्ध निर्देशक नारायण कोइराला, क्विकफक्स कन्सल्टिङका सीईओ पल्लव पराजुली, बीआईसी टेक्नोलोजीकी सह-संस्थापक प्रार्थना साख: र रिप्पलबाइट्स सोलुसन्सका सह-संस्थापक सुब्रत ज्ञवालीले कार्यसमिति सदस्यका रुपमा काम गर्नेछन् ।
नवनिर्वाचित पदाधिकारी तथा बोर्डले नेपालको प्रविधि उद्योगको विकास र विस्तारका लागि संस्थाको दीर्घकालीन दृष्टिकोणलाई निरन्तरता दिने जनाएको छ ।
यस्तै नयाँ कार्यसमितिले नास आईटीका आफ्ना सदस्य कम्पनी, सरकार, शैक्षिक क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सरोकारवालासँग सहकार्यलाई थप मजबुत बनाउने जनाएको छ ।
नास आईटी नेपालका सफ्टवेयर तथा आईटी सेवा कम्पनीहरूको प्रतिनिधित्व गर्ने गैरनाफामूलक उद्योग संगठन हो ।
संस्थाले नीति पैरवी, उद्योग विकास, प्रतिभा तथा जनशक्ति विकास, अन्तर्राष्ट्रिय बजार पहुँच र सहकार्यका क्षेत्रमा काम गर्दै नेपालको प्रविधि इकोसिस्टमलाई सुदृढ बनाउने लक्ष्य राखेको छ । यसले विदेशमा नेपाली कम्पनीको प्रचारप्रसार गर्न रोड शो पनि गर्ने गरेको छ ।
प्रतिक्रिया 4