+
+
Shares

पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ

आम नागरिकले ग्यास पाउने/नपाउने विषयमा पत्रकारको प्रश्नमा उनले मन्त्रालयभित्र छलफल गरेर मात्र ठोस निर्णय दिने जवाफ दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १९:४१

२५ भदौ, काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति भवन शितल निवासमा शपथ लिएपछि मन्त्री साह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतका कर्मचारीहरूले मन्त्री साहलाई मन्त्रालयमा स्वागत गरेका थिए ।

पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री साहले विगतमा भएका काम र प्रगतिको जानकारी लिएर आफुले काम सुरु गर्ने बताए ।

आम नागरिकले ग्यास पाउने/नपाउने विषयमा पत्रकारको प्रश्नमा उनले मन्त्रालयभित्र छलफल गरेर मात्र ठोस निर्णय दिने जवाफ दिए ।

‘यसमा चाहिँ छलफल गरेर काम गर्छु,’ मन्त्री साहले भने, ‘जनताको आवश्यकता जति दिनैपर्छ ।’

आफूले काम गर्दा पहिलो प्राथमिकतामा राजीनामा दिएर बाहिरिएकी निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग कुराकानी गरेर अगाडि बढ्ने उनले बर्ता । ‘पहिलो मेरो प्राथमिकता भनेको मन्त्रीजीसँग कुरा गरेर पास्ट(विगत)मा केके भएको थियो ? जानकारी लिएर अगाडि बढ्यो भने सजिलो हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?