News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभामा सरकारले विद्युतीय खरिद प्रणाली बन्द गर्न लागेको सुनिएको भन्दै जवाफ मागे ।
- उनले ईजीपी सिस्टम तत्काल खुलाउन र ह्याकिङमा संलग्न जोसुकै भए पनि छानबिन तथा कारबाही गर्न माग गरे ।
- दुलालले पुरानो प्रणाली हटाएर नयाँ ल्याउने तयारीबारे सरकार सतर्क हुनुपर्ने आग्रह गरे ।
२६ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारले विद्युतीय खरिद प्रणाली बन्द गर्दैछ भन्ने सुनिएको भन्दै यसबारे जवाफ खोजेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो विषय उठाएका हुन् ।
‘…सरकारले यो विद्युतीय खरिद प्रणालीमा ह्याक भयो भनेर यसलाई बन्द गर्न खोज्दैछ भन्ने कुरा हामीले सुनेका छौं,’ उनले भने ।
उनले ईजीपी सिस्टम तत्काल खुलाउन उनले माग गरे ।
‘ह्याक भएको भए ह्याकिङमा संलग्नहरूलाई छानबिन गरियोस्,’ उनले भने, ‘जोसुकै होस् पुरानो होस् या नयाँ होस् । कर्मचारी होस्, व्यवसायी होस् या बिचौलिया होस् । जतापट्टीको भएपनि कारकाहीको राडारमा आउँछ भने कारबाही गरियोस् । उन्मुक्ति नदिइयोस् ।’
कतिपय पुरानो सिस्टम हटाएर नयाँ ल्याउन लागेको भन्दै उनले यसमा सरकार सतर्क हुनुपर्ने आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4