२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले राजविराज नगरपालिका १४ पर्साहीकी बबिता पासवानले सडकमै बच्च जन्माउन बाध्य भएको विषयमा सरकारसँग जवाफ मागेकी छन् ।
‘सप्तरीमा आर्थिक अभावका कारण अस्पताल बाहिर एक जना महिलाले बच्चा जन्माउनुपरेको घटनाले लज्जवोध भएको छ । सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको हो कि होइन ?’ उनले प्रश्न गरिन्, ‘कि तपाईंहरू (रास्वपा)को शासनकालमा पैसा नहुनेले सडकमै बच्चा जन्माउनुपर्ने हो ?’
बबितासँग २ हजार ५ सय मात्रै रहेको र यति पैसामा अस्पतालले भर्ना गर्न नमानेकाकारण निकालिएकी थिइन् । त्यसपछि अस्पताल नजिकै फुटपाथमै बच्च जन्माएकी थिइन् ।
यो विषय संसद्मा उठाउँदै अन्य सांसदहरूले पनि पैसा नभएर महिलाले सडकमै बच्चा जन्माउँदा संविधानले ज्ञारेण्टी गरेको निशुल्क स्वास्थ्यको मौलिक हक कहाँ गयो ? भनेर प्रश्न गरेका छन् ।
प्रतिक्रिया 4