+
+
Shares

निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाहले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले निजी क्षेत्रसँगको सहकार्य प्रभावकारी बनाउँदै लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।
  • सिंहदरबारमा भएको छलफलमा व्यवसायीहरूले नेपाली व्यवसायी ठूला पूर्वाधार निर्माणमा सक्षम रहेको र नीतिगत तथा कानुनी सुधार आवश्यक रहेको धारणा राखेका छन्।
  • प्रधानमन्त्री कार्यालय र निजी क्षेत्रबीच निजी क्षेत्रका समस्या, कानून संशोधन र लगानीको वातावरणबारे तीन–तीन महिनामा नियमित छलफल गर्ने समझदारी बनेको छ।

२६ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताएका छन्।

शुक्रबार सिंहदरबारमा उद्यमी तथा व्यवसायीहरूसँग छलफल गर्दै लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध बताएका हुन। सो क्रममा प्रधानमन्त्री शाहले उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्याका बारेमा जानकारी लिनुभएको छलफलमा सहभागी रास्वपा सांसद विदुषी राणाले जानकारी दिइन्।

नेपालमा स्वदेशका व्यवसायीहरूले र त्यसपछि गैरआवासीय नेपाली लगानी गर्नुपर्ने भन्दै प्रधानमन्त्री शाहले बाह्य विदेशी लगानी तेस्रो प्राथमिकतामा रहने बताएको सांसद राणाले बताइन्।

व्यवसायीहरुले नेपाली व्यवसायीहरू ठूला पूर्वाधार निर्माणमा सक्षम रहेको र त्यसका लागि नीतिगत तथा कानुनी सुधार आवश्यक रहेको धारणा राखेका थिए। अर्थतन्त्रमा निजी क्षेत्रको ८० प्रतिशत योगदान रहेकाले मनोबल उच्च राख्न राज्यले अनुकूल वातावरण बनाउनुपर्नेमा व्यवसायीहरूको जोड रहेको सांसद राणाको भनाइ छ।

त्यस्तै व्यवसायीहरुले आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्राउ गर्ने र थुन्ने परिपाटीले मनोबल घटाएको गुनासो गरेका थिए। निजी क्षेत्रका समस्या, कानुन संशोधन र लगानीको वातावरणबारे समीक्षा गर्न प्रधानमन्त्री कार्यालयबाट प्रत्येक तीन–तीन महिनामा निजी क्षेत्रसँग नियमित छलफल गर्ने समझदारी बनेको सांसद राणाको भनाइ छ। छलफलमा उद्योगी तथा व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?