+
+
Shares

ओरा ५ र जोलियन म्याक्स ईभी डेलिभरी गर्न जीडब्लूएम नेपाल तयार, कोरला नाकाबाट ढुवानी सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भीजी इम्पेक्स प्रालिले ओरा ५ ईभी र हावाल जोलियन म्याक्स ईभीको बुकिङ ग्राहकलाई डेलिभरी प्रक्रिया अघि बढाएको छ।
  • भोटेकोशी बाढीले रसुवागढी नाकातर्फको सडकमार्ग प्रभावित भएपछि कम्पनीले गाडी ढुवानीका लागि कोरला नाका प्रयोग गरेको छ।
  • नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक हावाल जोलियन म्याक्स ईभी नेपाली बजारमा आएको दोस्रो पूर्ण विद्युतीय एसयूभी हो।

२६ भदौ, काठमाडौं । नेपालमा जीडब्लूएमका नयाँ विद्युतीय मोडलप्रति ग्राहकको चासो बढिरहेका बेला आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा ५ ईभी र हालै सार्वजनिक गरिएको हावाल जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया अघि बढाएको छ।

कम्पनीले बुकिङ गरेका ग्राहकसम्म गाडी पुर्‍याउने तयारी तीव्र बनाएको जनाएको छ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाकातर्फको सडकमार्ग प्रभावित भएपछि गाडी ढुवानीमा वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको कम्पनीले जनाएको छ।

यसबाट सडक अवरोधका बीच पनि गाडीको ढुवानी तथा डेलिभरी प्रक्रिया निरन्तर राख्न सहज भएको कम्पनीको भनाइ छ।
हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको हावाल जोलियन म्याक्स ईभी जीडब्ल्यूएमको ओरा ५ पछि नेपाली बजारमा आएको दोस्रो पूर्ण विद्युतीय एसयूभी हो।

कम्पनीले यसलाई ५९.९९ लाखको विशेष सुरुवाती मूल्यमा बजारमा प्रस्तुत गरेको थियो।

ओरा ५ र जोलियन म्याक्स ईभी दुवै मोडलले नेपाली ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ। विशेषगरी नयाँ पुस्ताको डिजाइन, विद्युतीय प्रविधि र प्रिमियम एसयूभी सेगमेन्टमा केन्द्रित यी मोडलप्रति ग्राहकको चासो बढिरहेको कम्पनीको भनाइ छ।

भीजी इम्पेक्सका अनुसार ग्राहकबाट प्राप्त बुकिङहरू क्रमशः प्रशोधन भइरहेको छ र डेलिभरीको समयतालिकासम्बन्धी थप जानकारी चाँडै सार्वजनिक गरिनेछ।

कम्पनीले ग्राहकलाई बुकिङदेखि डेलिभरीसम्मको प्रक्रिया सहज र व्यवस्थित बनाउनेतर्फ ध्यान केन्द्रित गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?