+
+
Shares

चाइना साउदर्न एयरलाइन्सद्वारा ग्वाङ्झाउ-नयाँदिल्ली उडान पुनः सञ्चालन गर्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते १२:४२

२७ भदौ, काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ ।

चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो ।

विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ ।

उडान सेवा पुनः सुरु भएसँगै एयरलाइन्सले दक्षिण एसियामा आठवटा रुटमा सातामा सयभन्दा बढी ‘राउन्ड–ट्रिप’ उडान सञ्चालन गर्ने समाचारमा उल्लेख छ ।

चीनको दक्षिणी ग्वाङडोङ प्रान्तको ग्वाङ्झाउमा मुख्यालय रहेको चाइना साउदर्न एयरलाइन्स चीनका प्रमुख वायुसेवा कम्पनीमध्येमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?