+
+
Shares

मधेशमा शिक्षामन्त्री सहभागी कार्यक्रममा भएको के हो ?

शिक्षामन्त्री पोखरेलले बोल्न थालेलगत्तै विवाद भएको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते १८:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको औरही गाउँपालिकामा राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७६ परिमार्जनका लागि सुझाव संकलन कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेल सहभागी भएका थिए।
  • कार्यक्रममा बोल्ने पालो नपाएको भन्दै जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतोले प्रश्न उठाएपछि होहल्ला भएको थियो।
  • रास्वपाका सांसद शिव यादवले मन्त्री पोखरेलले छोटो सम्बोधन गरेर निस्किएको र लखेटिएको नभएको बताए।

२७ भदौ, सिरहा । शिक्षामन्त्री सस्मित पोखरेल केही दिनदेखि मधेशमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप- २०७६ परिमार्जनका लागि आवश्यक सुझाव संकलन केन्द्रित कार्यक्रममा सहभागी भइरहेका छन्। शनिबार सिरहाको औरही गाउँपालिकामा कार्यक्रम थियो।

उक्त कार्यक्रममा शिक्षामन्त्री पोखरेलले बोल्न थालेलगत्तै विवाद भएको थियो। पाठ्यक्रम विकास केन्द्रको आयोजना भएको कार्यक्रममा उनी प्रमुख अतिथिको वक्ताको रुपमा सम्बोधन गर्न थालेपछि विवाद सुरु भएको थियो।

कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, अभिभावक र विद्यार्थीले लगायत सरोकारवालाहरूले आ-आफ्नो सुझाव राखिसकेपछि औरही नगरपालिका अध्यक्ष शिवजी यादवले बोलेका थिए।

त्यसपछि बोल्ने वक्तामा जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतो नाम रहेको थियो। तर उनलाई बोल्न समय नदिई मन्त्रीलाई आग्रह गरिएपछि महतोले प्रश्न गरे- मलाई बोल्न किन बोलाइएन।

रास्वपाका सांसद शिव यादवले होहल्ला भएपछि मन्त्री पोखरेलले छोटो सम्बोधन गरेर निस्किएको बताए। उनले मन्त्री लखेटिएको भनेर भ्रम फैलाइएको पनि बताए।

‘मन्त्रीज्यूले छोटो सम्बोधन गर्नुभयो। सामान्य विवाद भएपछि उहाँ सम्बोधन छुट्याएर निस्किनुभएको हो। लखेटिएको होइन’ उनले भने।

समन्वय समितिका सभापति महतोले कार्यक्रममा मन्त्री ढिलो आउँदा कार्यक्रम तालिका नै प्रभावित भएको आरोप लगाए।

‘तीन घण्टा अगाडि नै कार्यक्रमको सेडुल बनेको थियो। मन्त्रीज्यू ढिलो आउनुभयो। वक्ताहरूलाई बोल्न नदिएर आफैं बोल्न थालेपछि विवाद भएको हो,’ महतोले भने, ‘विवाद भएपछि मन्त्रीज्यू बोल्दाबोल्दै बीचमै हिँड्नुभयो।’

समन्वय समितिका सभापति महतोले भने आफूलाई धारणा राख्न नदिएपछि आफूले प्रश्न उठाएको बताए। उक्त कार्यक्रममा रास्वपाका सांसद पुरुषोत्तम यादव पनि सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?