+
+
Shares

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना सम्पर्कविहीन

बाणगङ्गा नदीमा आएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फसेका दुई बालकमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २७ गते २१:३६

२७ भदौ, कपिलवस्तु । बाणगङ्गा नदीमा आएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फसेका दुई बालकमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ । अर्का बालकलाई भने फेला पार्न सकिएको छैन ।

बाणगङ्गा नदीमा पौडी खेल्न गएका बाणगङ्गा नगरपालिका–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा नदीको बहाव बढेपछि बीचको टापुमा फसेका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञबहादुर पुनको कमान्डमा उद्धार सामग्रीसहित १४ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार १६ वर्षीय रिदम लामालाई सकुशल उद्धार गरिएको छ ।

बुद्ध लामा भने उद्धार टोली घटनास्थलमा पुग्दा फेला नपरेपछि प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ । -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?