News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवास्थित भोटेकोशीको भिषण बाढीमा वेपत्ता भएकाहरूका आफन्तबाट १ हजार ८४६ र शवबाट १ हजार २८६ डीएनए स्याम्पल निकालिएको प्रहरीले जनाएको छ।
- बाढीमा अझै ४ हजार ८९ जना वेपत्ता छन् भने अहिलेसम्म १ हजार ३८८ शव फेला परेको प्रहरीले जनाएको छ।
- फेला परेका शवमध्ये १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको छ र १ हजार २३० शव जमिनमा व्यवस्थापन गरिएको छ।
२८ भदौ, काठमाडौं। रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीमा परी वेपत्ता भएकाहरुको आफन्त तथा शवबाट डीएनए निकाल्ने काम जारी रहेको छ ।
नेपाल प्रहरीका अनुसार वेपत्ता व्यक्तिका आफन्तहरुबाट १ हजार ८४६ डीएनए स्याम्पल निकालिएको छ ।
त्यस्तै शवबाट १ हजार २८६ डीएनए स्याम्पल निकालिएको प्रहरी प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताए । अहिलेसम्म जम्मा ३ हजार १३२ डीएनए नमूना निकालएको छ ।
बाढीमा परी अझै ४ हजार ८९ जना वेपत्ता छन् । अहिलेसम्म १ हजार ३८८ शव फेला परेका छन् । जसमध्ये १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको छ । १ हजार २३० शव जमिनमा व्यवस्थापन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4