+
+
Shares

भोटेकोशी बाढीको विनाश र पीडा समेटिएको ‘ए नदी ए हिमाल’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १३:५९

२८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिलाई समेटिएको ‘ए नदी ए हिमाल’ गीत सार्वजनिक भएको छ।

गीतमा बाढीका कारण विस्थापित परिवार, बेपत्ता आफन्त, ध्वस्त संरचना र गुमेका सपनाको पीडालाई समेटिएको छ । साथै जलवायु परिवर्तन, अव्यवस्थित विकास, नदी तथा हिमाली क्षेत्रको दोहन र विपद् पूर्वतयारीबारे प्रश्न उठाइएको छ।

डी. डी. पन्तको शब्द रहेको गीतमा विपत्तिले परिवार र समुदायमा पारेको दीर्घकालीन प्रभाव तथा प्रकृति र मानवीय गतिविधिबीचको सम्बन्धलाई मुख्य विषय बनाइएको छ । गीतको स्वर र संगीत सुनोडटकम मार्फत तयार गरिएको पन्तले बताएका छन्।

गीतको भिडियोमा बाढी आउँदाको अवस्था, बाढीले पुर्‍याएको क्षति र बाढीपछिका विभिन्न दृश्य समेटिएको छ ।भिडियो सम्पादन सुभाष पन्तले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?