+
+
Shares

ठमेलबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको १३ लाख ७५ हजार नगदसहित काभ्रेपलाञ्चोकका २० वर्षीय युवराज घताने पक्राउ परेका छन् ।
  • प्रहरी वृत्त दरबारमार्गको टोलीले बा ९७ प २६४४ नम्बरको स्कुटर जाँच गर्दा उक्त नगद फेला पारेको हो ।

२८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५ हजारसहित एक जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भएका २० वर्षीय युवराज घताने उक्त रकमसहित आज पक्राउ परेका हुन् ।

प्रहरी वृत्त दरबारमार्गको टोलीले बा ९७ प २६४४ नम्बरको स्कुटर जाँच गर्दा उक्त नगद फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?