२९ भदौ, काठमाडौं । नेपाली कांग्रेस बैतडीको पञ्चेश्वर गाउँपालिकाका वडा सभापतिहरूले संस्थापन पक्षले तय गरेको कार्यतालिका अनुसार वडा अधिवेशन गर्ने बताएका छन् ।
गाउँपालिकाका ६ वटै वडा सभापतिहरूले विज्ञप्ति जारी गरेर ३ असोजमै वडा अधिवेशन सम्पन्न गर्ने बताएका हुन् ।
यसअघि शनिबार बसेको गाउँपालिका कार्यसमिति बैठकले पार्टी एकढिक्का नभएसम्म वडा र पालिकाको अधिवेशन नगर्ने निर्णय गरेको थियो ।
पालिका सभापति रामबहादुर चन्दका अनुसार उक्त बैठकमा १ र २ नम्बरबाहेकका वडा सभापतिहरू सहभागी थिए ।
तर, निर्णय भएको एक दिन नबित्दै ६ वडै वडाका सभापतिहरूले आइतबार संयुक्त वक्तव्य जारी गरेर वडा अधिवेशन गर्ने प्रष्टीकरण दिएका हुन् ।
‘पञ्चेश्वर गाउँपालिका कार्यसमिति सभापति रामबहादुर चन्दको सभापतित्वमा भएको बैठकमा हामी अपस्थित केही सभापतिहरूलाई विषयान्तर गरी निर्णय गराएकोले त्यसप्रति हाम्रो समर्थन नरहेको स्पष्ट पार्न चाहन्छौं,’ उनीहरूले विज्ञप्तिमार्फत भनेका छन् ।
प्रतिक्रिया 4