+

स्लो ओभर रेटका कारण डब्लुटीसीमा पाकिस्तानको ११ अंक कटौती

२०८३ भदौ  २९ गते १३:३२ २०८३ भदौ २९ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा स्लो ओभर रेट गरेको भन्दै आईसीसीले पाकिस्तानलाई खेलाडीको म्याच फीको ५० प्रतिशत जरिवाना र ११ डब्लुटीसी अंक कटौती गरेको छ।
  • बर्मिङ्घमको एजबास्टन टेस्टमा पाकिस्तान निर्धारित समयभन्दा ११ ओभर पछाडि परेको आईसीसीले जनाएको छ।
  • ११ अंक गुमाएपछि पाकिस्तान ४.६३ अंक प्रतिशतसहित विश्व टेस्ट च्याम्पियनसिपको नवौं स्थानमा पुगेको छ।

२९ भदौ, काठमाडौं । इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा स्लो ओभर रेट कायम गरेको भन्दै पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दोहोरो सजाय दिएको छ ।

आईसीसीका अनुसार बर्मिङ्घमको एजबास्टन टेस्टमा पाकिस्तान निर्धारित समयभन्दा ११ ओभर पछाडि परेको थियो । त्यसपछि खेलाडीको म्याच फीको ५० प्रतिशत जरिवाना लगाउनुका साथै विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) को ११ अंक पनि कटौती गरिएको छ ।

एमिरेट्स आईसीसी एलिट प्यानलका म्याच रेफ्री रञ्जन मदुगल्लेले फिल्ड अम्पायर पल रेइफेल, क्रिस गाफ्नी, तेस्रो अम्पायर अल्लाहुद्दिन पालेकर र चौथो अम्पायर रसेल वारेनको प्रतिवेदनका आधारमा सजाय सुनाएका हुन् ।

आईसीसीको आचारसंहिताअनुसार निर्धारित ओभर पूरा गर्न नसके प्रत्येक ओभरका लागि खेलाडीको म्याच फीको ५ प्रतिशत जरिवाना लाग्छ, जसको अधिकतम सीमा ५० प्रतिशत हो । यस्तै, विश्व टेस्ट च्याम्पियनसिप नियमावलीअनुसार प्रत्येक ओभर कम भएबापत एक अंक कटौती गरिन्छ ।

११ अंक गुमाएसँगै पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिपको अंकतालिकामा थप पछाडि धकेलिएको छ । टोली अहिले ४.६३ अंक प्रतिशतसहित नवौं स्थानमा रहेको छ ।

पाकिस्तानले डब्लुटीसीअन्तर्गत आफ्नो अर्को शृङ्खला नोभेम्बरमा श्रीलंकाविरुद्ध खेल्नेछ । दुई टेस्टको उक्त शृङ्खला रावलपिन्डी र लाहोरमा आयोजना हुनेछ ।

पाकिस्तान क्रिकेट टिम स्लो ओभर रेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय