+
+
Shares

चिया मजदुरको ज्याला र सामाजिक सुरक्षाको व्यवस्था कडाइका साथ कार्यान्वयन होस् : सचेतक राई

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस सचेतक निश्कल राईले चिया मजदुरका लागि सरकारले तोकेको ज्याला, सेवा सुविधा र सामाजिक सुरक्षा कोषको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न माग गरेका छन्।
  • उनले प्रतिनिधि सभा बैठकमा चिया मजदुरका हकहितका लागि सरकारी मापदण्ड कार्यान्वयनमा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराए।
  • राईले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकास्थित नेपालको पहिलो नवग्राम मन्दिरको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका लागि बजेट विनियोजन गर्न आग्रह गरे।

३० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया मजदुरका लागि सरकारले तोकेको ज्याला, सेवा सुविधा तथा सामाजिक सुरक्षा कोषमा आबद्धताको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्  ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले चिया मजदुरका हकहितका लागि सरकारले निर्धारण गरेका मापदण्ड कार्यान्वयनमा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘चिया मजदुरहरुको सरकारको मापदण्डअनुरुप ज्याला, सेवा, सामाजिक सुरक्षा कोषमा आवद्धताको विषयलाई कडाईका साथ कार्यान्वयन होस् भनेर अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

साथै, उनले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालको पहिलो नवग्राम मन्दिर धार्मिक आस्था, पर्यटन र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको बताए । नवग्राम मन्दिरको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका लागि आवश्यक बजेट विनियोजन गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिकामा पहिलो नवग्राम मन्दिर धार्मिक आस्था, पर्यटन र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको छ । नेपालको पहिलो नवग्राम मन्दिरको संरक्षण, पूर्वाधार विकास, प्रवर्द्धन तथा धार्मिक पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई थप मजबुत बनाउन आवश्यक बजेट र थप प्रचारप्रसार आवश्यक रहेकोले यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद राईले भनेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?