News Summary
Generated by OK AI. Editorially reviewed.- लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले खैरो हेरोइनसहित सुर्खेतका प्रिन्स शाही, बाँकेका लाहुराम थारु र नेपालगञ्जका मोहमद रहिम अन्सारीलाई पक्राउ गरेको छ।
- पक्राउ परेकाबाट ५१ ग्राम खैरो हेरोइन बरामद भएको छ।
- तीनै जनालाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा बुझाइएको छ।
३० भदौ, काठमाडौं । अवैध लागु औषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय प्रिन्स शाही, बाँकेको राप्ती सोनारी गाउँपालिका–३ का २८ वर्षीय लाहुराम थारु र नेपालगञ्ज उपमहानगरपालिका–३ का ३५ वर्षीय मोहमद रहिम अन्सारी छन् ।
उनीहरूलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो । उनीहरूबाट ५१ ग्राम खैरो हेरोइन बरामद भएको छ ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4