News Summary
Generated by OK AI. Editorially reviewed.- पब्जी मोबाइल ग्लोबल ओपन साउथ एसिया फाइनल्स २०२६ भदौ ३१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरको दशरथ रंगशालाको कभर्डहलमा हुँदैछ ।
- ई स्पोर्ट्स संघ नेपाल र पब्जी मोबाइलको आयोजनामा हुने प्रतियोगितामा नेपाल, पाकिस्तान र बंगलादेशका १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
- नेपालबाट होरा ईस्पोर्ट्स, ट्रेन्ड टु किल, हिडन लिफ ईस्पोर्ट्स र दी गेमिङ ब्रोस्किस सहभागी हुनेछन् ।
- प्रतियोगिताको पुरस्कार राशी ४० हजार अमेरिकी डलर छ, र शीर्ष ३ टोली पब्जी मोबाइल ग्लोबल ओपन सिजन २ को मुख्य इभेन्टमा छनोट हुनेछन् ।
३० भदौ, काठमाडौं । नेपालमा पब्जी मोबाइलको ठूलो प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) साउथ एसिया फाइनल्स २०२६ आयोजना हुँदैछ ।
ई स्पोर्ट्स संघ नेपाल (ईशान) र पब्जी मोबाइलको आयोजनामा हुने यस प्रतियोगिता यही भदौ ३१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुनेछ ।
पीएमजीओ साउथ एसिया फाइनल्समा नेपालबाट ४ सहित कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा नेपालबाट ४, पाकिस्तानबाट ८ र बंगलादेशबाट ४ गरी उत्कृष्ट १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यसमध्ये नेपालको होरा ईस्पोर्ट्स र पाकिस्तानको फोर थ्राइभ्स ईस्पोर्ट्सलाई सिधै प्रतियोगितामा आमन्त्रण गरिएको हो । दुवै टोलीले केही समयअघि फ्रान्सको पेरिसमा भएको पब्जी मोबाइल विश्वकपमा प्रतिस्पर्धा गरेका थिए ।
यसबाहेक पीएमएनसी पाकिस्तान फलबाट ७, पीएमएनसी बंगलादेश फलबाट ४ र पीएमएनसी साउथ एसियन फलबाट ३ टोली साउथ एसिया फाइनल्सका लागि छनोट भएका हुन् ।
यसको कूल पुरस्कार राशी ४० हजार अमेरिकी डलर रहेको छ ।
नेपालबाट होरासँगै ट्रेन्ड टु किल, हिडन लिफ ईस्पोर्ट्स र दी गेमिङ ब्रोस्किसले प्रतिस्पर्धा गर्नेछ ।
पीएमजीओ साउथ एसिया फाइनल्सबाट उत्कृष्ट ३ टोली पब्जी मोबाइल ग्लोबल ओपन सिजन २ को मुख्य इभेन्टका लागि छनोट हुनेछन् । यो प्रतियोगिता पाकिस्तानमा अक्टोबरमा हुनेछ ।
गत वर्ष उज्वेकिस्तानको तास्केन्तमा भएको पब्जी मोबाइल ग्लोबल ओपनर सिजन वानमा नेपालबाट दुई टोली सहभागी भएका थिए ।
प्रतिक्रिया 4