News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीस्थित कमला नदीमा पानीको बहाव बढेपछि सिरहामा सतर्क रहन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ।
- धनुषा र सिरहा जोड्ने कमला नदीमा पनि बहाव बढ्न सक्ने भन्दै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ।
- प्रहरीले नदी किनारमा नजान, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिन तथा जोखिम देखिए तत्काल जानकारी गराउन अनुरोध गरेको छ।
३० भदौ, सिरहा । सिन्धुलीस्थित कमला नदीमा पानीको बहाव बढ्दै गएपछि सिरहामा पनि सतर्कताका लागि आग्रह गरिएको छ ।
धनुषा र सिरहा जोड्ने कमला नदीमा समेत पानीको बहाव बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाले मंगलबार सूचना जारी गर्दै कमला नदीको आसपासका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण नागरिकलाई सतर्क रहन अनुरोध गरेको हो ।
नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी किनारमा नजान, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिन र जोखिमपूर्ण गतिविधि नगर्न जिल्ला प्रहरी कार्यालय सिरहाले आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी निरीक्षक एवं निमित्त प्रवक्ता नरेश लिम्बुका अनुसार, बाढी तथा नदीजन्य जोखिमबाट सुरक्षित रहन आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गर्दै कुनै समस्या वा जोखिम देखिए तत्काल प्रहरीलाई जानकारी गराउन समेत आग्रह गरेको छ ।
प्रतिक्रिया 4