News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको माइतीघर मण्डलामा राति टेन्ट टाँगेर धर्ना नबस्न प्रहरीले माइकिङ गरेको छ।
- जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले राति टेन्ट टाँग्दा असुरक्षा र स्वास्थ्य समस्या हुने बताउनुभयो।
- प्रहरीले दिउँसो कार्यक्रम राख्न नरोके पनि टेन्ट टाँगेर धर्ना बस्न नपाइने जनाएको छ।
३० भदौ, काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा राति टेन्ट टाँगेर धर्नामा नबस्न प्रहरीले माइकिङ गरेको छ ।
आज रातिबाट माइतीघर क्षेत्रमा कोही पनि धर्ना बस्नका लागि टेन्ट टाँगेर बस्न नपाउने भएका हुन् । अहिले सो क्षेत्र खाली गराउनका लागि प्रहरीले माइकिङ गरिरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार, रातिको समयमा टेन्ट गरेर नबस्नका लागि आग्रह गरिएको हो ।
‘राति टेन्ट टाँगेर बस्दा उहाँहरूको असुरक्षा हुने भयो । स्वास्थ्यमा पनि समस्या हुने भयो,’ उनले भने, ‘दिउँसो भने कुनै कार्यक्रम राख्नका लागि रोकेका छैनौं ।’
उनका अनुसार, दिउँसो पनि टेन्ट नै टाँगेर भने धर्नामा बस्न नपाइने भएको हो ।
माइतीघरमा दिनहुँ जसो धर्ना, आन्दोलन गर्न भन्दै टेन्ट टाँगेर बसिरहेका हुन्थे । उनीहरूलाई हट्न प्रहरीले भनेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4