+
+
Shares

फेरि माइतीघरमा सुकुमवासीको नारा– ‘मेरो घर खोइ ?’

सरकारले व्यवस्थापनका लागि दिएको १ सय दिनको समय पुगेको भन्दै विभिन्न प्रश्नसहित उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ साउन १८ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बस्तीबाट विस्थापित सुकुमवासीहरूले व्यवस्थापनको माग राख्दै सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
  • सरकारले दिएको सय दिनको समय सकिएपछि पीडितहरूले समाधान खोज्दै विभिन्न नारासहित प्रदर्शन गरेका हुन्।
  • प्रदर्शनकारीहरूले ‘डोजर आतङ्क बन्द गर’ भन्दै राज्यले गरिबका टहरा भत्काउने कार्यप्रति आपत्ति जनाएका छन्।

१८ साउन, काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले सोमबार माइतीघरमा प्रदर्शन गरेका छन् ।

सरकारले व्यवस्थापनका लागि दिएको १ सय दिनको समय पुगेको भन्दै विभिन्न प्रश्नसहित उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंको माइतीघरमा सोमबार दिउँसो बस्तीबाट विस्थापित भएकाहरू जम्मा भएर प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘उठीबासको अन्त्य, समानताको सुरुवात’, ‘होइ सरकार होइ मेरो घर खोइ’, ‘नेताको घर ठिक, गरिबको टहरा बेठिक ?’, ‘डोजर आतंक बन्द गर’, ‘डोजर होइन समाधान दे’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

थप तस्वीरहरू–

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?