१५ साउन, काठमाडौं । काठमाडौंको माइतीघरमण्डलमा नागरिक अपिल तथा ऐक्यबद्धता र्याली निकालिएको छ ।
देशभर द्वन्द्वका घटनाहरू देखिन थालेपछि शुक्रबार शान्ति, सद्भाव र सामाजिक एकताका लागि भन्दै नागरिक अगुवाहरूले यो र्याली निकालेका हुन् ।
र्याली मार्फत तराई–मधेशमा देखिएको अशान्ति रोक्न, धार्मिक तथा साम्प्रदायिक दंगा फैलिनबाट देशलाई जोगाउन सन्देशमूलक नारा सहित सार्वजनिक अपिल गरिएको छ ।

र्यालीमा एक नेपाली, साझा जिम्मेवारी, सबैको सम्मान, सबैको सुरक्षा, सबैको नेपाल, विविधतामा एकता, एकतामा शक्ति जस्ता दर्जनौं सद्भावपूर्ण नाराहरू सहितका प्लेकार्ड प्रदर्शन गरिएका छन् ।
र्यालीमा विभिन्न क्षेत्रका नागरिक अगुवाहरूको सहभागिता छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4