+

राखेप सदस्य सचिव मेहता एसियन गेम्समा नजाने

२०८३ भदौ  ३१ गते ११:३८ २०८३ भदौ ३१ गते ११:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राखेपका सदस्य सचिव रामचरित्र मेहता २०औं एसियन गेम्सका लागि जापान नजाने भएका छन् ।
  • दशौं राष्ट्रिय खेलकुदका तयारी अघि बढाउन जापान नजाने निर्णय गरेको उनले अनलाइनखबरसँग भने ।
  • सेफ द मिसनको रुपमा कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी रहेको मेहताले बताए ।

३१ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रामचरित्र मेहता २०औं एसियन गेम्सका लागि जापान नजाने भएका छन् ।

यसअघि सदस्य सचिव मेहता सेफ द मिसनको रुपमा जापान जाने तय भएको थियो । तर, दशौं राष्ट्रिय खेलकुदका तयारी गर्नुपर्ने भएकाले एसियन गेम्समा नजाने मेहताले जानकारी दिए ।

‘म जापान जानु भनेको दशौं सार्नु हो । १५-२० दिन जापान बसेपछि दशौं हुँदैन । सदस्य सचिव नहुँदा दशौंको काम अगाडि बढ्दैन । त्यसैले म जापान नगए पनि गेम हुन्छ । तर, दशौं समयमा नहुन सक्छ । त्यसैले एसियन गेम्समा नजाने निर्णय गरेको हूँ’ उनले अनलाइनखबरसँग भने ।

सेफ द मिसनको रुपमा कसलाई पठाउने भन्नेबारे निर्णय हुन बाँकी रहेको सदस्यसचिव मेहताले बताए ।

जापान जान लागेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल पनि नजाने मनस्थितिमा छन् ।

२०औं एसियन गेम्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय