+
+
Shares

नेकपा सांसदको प्रश्न- ब्रिक्सको निम्तोबाट नेपाल किन चुक्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले भारतमा आयोजित ब्रिक्स सम्मेलनको निम्तोमा नेपाल किन छुट्यो भनेर प्रतिनिधिसभामा प्रश्न गरेकी छन् ।
  • उनले यो परराष्ट्र नीति र कूटनीतिको असफलता होइन र ? भन्दै सरकारलाई शून्य समयमा सोधेकी छन् ।
  • नेपाल ब्रिक्स सदस्य नभए पनि विगतमा सर्वेक्षक वा अतिथिका रूपमा आयोजक राष्ट्रले नेपाललाई बोलाएको थियो ।

३१ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद बलावती शर्माले भारतमा आयोजित ब्रिक्स सम्मेलनको निम्तोमा नेपाल किन छुट्यो भनेर प्रश्न गरेकी छन् ।

‘सरकारलाई म सोध्न चाहन्छु, छिमेकमै भएको ब्रिक्सको निम्तोबाट  नेपाल किन चुक्यो ? के यो परराष्ट्र नीति र कूटनीतिको असफलता होइन र ?’ प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनिन् ।

नेपाल ब्रिक्स सदस्य राष्ट्र होइन । तर विगतमा सर्वेक्षक वा अतिथिको रूपमा आयोजक राष्ट्रले नेपाललाई बोलाएका थिए ।

सन् २०१६ मा ब्रिक्स सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएको थियो । त्यो बेलामा प्रचण्डले नेपाल, भारत र चीनबीत त्रिदेशीय साझेदारीको विषयमा छलफल गरेका थिए ।

तर अहिले शक्तिशाली सरकारको उपस्थिति ब्रिक्स सम्मेलनमा हुन नसकेको भनेर नेकपाकी सांसद शर्माले सरकारलाई प्रश्न गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?