News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि प्रधानमन्त्री बालेन शाह संवेदनशील भएर प्रभावित क्षेत्रका मान्छेसँग प्रत्यक्ष जोडिएको बताए ।
- उनले प्रधानमन्त्रीले सर्वदलीय बैठकलाई बेवास्ता नगरेको र निरन्तर छलफलमा रहेको जिकिर गरे ।
- लामिछानेले पार्टीको जिम्मेवारी पार्टीले र सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने स्पष्ट रहेको बताए ।
३१ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको अवस्थामा प्रधानमन्त्री बालेन शाहले संवेदनशील भएर काम गरिरहेको दाबी गरेका छन् ।
बुधबार सर्वदलीय बैठकपछिको कुराकानीका क्रममा उनले प्रधानमन्त्री शाहले बैठकलाई बेवास्ता नगरेको जिकिर गरे ।
‘यतिको संवेदनशील अवस्थामा प्रधानमन्त्रीले बैठकको बेवास्ता गर्नुभएको हो ?’ भनेर एक सञ्चारकर्मीले प्रश्न सोधेका थिए ।
सो प्रश्नको जवाफका क्रममा सभापति लामिछानेले भने, ‘विल्कुल होइन । स्थानीय तहका राजनीतिज्ञ समेत कुरा गरिरहनुभएको छ । प्रधानमन्त्री निरन्तर छलफलमा हुनुहुन्छ । प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिनुभएको छ, यो उहाँको संवेदनशीलताको ठूलो उदाहरण हो ।’
उनले पार्टी र सरकारबीच काम बाँडफाँट गरेर अघि बढेको जिकिर पनि गरे ।
‘अहिले पार्टीको जिम्मेवारी पार्टीले र सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने स्पष्ट कुरा छ । त्यसको डुप्लिकेशन आवश्यक छैन,’ उनले भने, ‘स्थानीय तहको वडाध्यक्षसँग फोनमा कुरा हुने, त्यहाँका पालिकाका जनप्रतिनिधिसँग घन्टौं कुरा गर्ने काम गरिरहनुभएको छ । यो प्रश्न कार्यकालभरि नै तपाईंहरू गरिरहनुहुन्छ, यसलाई डम्प हानिदिए हुन्छ ।’
प्रतिक्रिया 4