+
+
Shares

साउदी अरबको एक एफ-१५ लडाकु विमान खसालेको हुथी समूहको दाबी

हुथीले साउदी विमान खसाल्न यमनमै निर्माण गरिएको हतियार प्रयोग गरिएको पनि दाबी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १५:२८

यमनको सशस्त्र विद्रोही समूह हुथीले बुधबार साउदी अरेबियाको एक लडाकु विमान खसालेको दाबी गरेको छ ।

हुथीले साउदी विमान खसाल्न यमनमै निर्माण गरिएको हतियार प्रयोग गरिएको पनि दाबी गरेको छ ।

हुथी सशस्त्र समूहका प्रवक्ता याह्या सारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यमनी सशस्त्र बलले मारिब प्रान्तको हवाई क्षेत्रमा शत्रुतापूर्ण अभियान सञ्चालन गरिरहेको साउदी अरबको एफ–१५ लडाकु विमान खसाल्न सफल भएको छ ।’

प्रवक्ता सारीले साउदी अरबले लगाएको अर्को आरोपको पनि खण्डन गरेका छन् । साउदी पक्षले हुथी विद्रोहीले यसै साता मक्का सहरलाई लक्षित गरेर आक्रमण गरेको आरोप लगाएको थियो ।

‘हाम्रा अभियान तेलका केन्द्र र सैन्य अखडालाई लक्षित हुन्छन्’, हुथी प्रवक्ता सारीले भनेका छन् ।

जुलाईमा यमनमा गृहयुद्ध पुन: चर्किएपछि हुथी सशस्त्र समूह साउदी अरब समर्थित यमनी सरकारी सेनासँग युद्ध गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?