+

खेलकुदमन्त्री सस्मित पोखरेल एसियन गेम्सका लागि जापान नजाने

२०८३ भदौ  ३१ गते १९:३२ २०८३ भदौ ३१ गते १९:३२

मन्त्रीको सचिवालयकाअनुसार पोखरेल एसियन गेम्सका लागि जापान नजाने निश्चित भएको हो ।

३१ भदौ, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल २०औं एसियन गेम्सका लागि जापान नजाने भएका छन् । मन्त्रीको सचिवालयकाअनुसार पोखरेल एसियन गेम्सका लागि जापान नजाने निश्चित भएको हो ।

‘‘मन्त्रीज्यूले समय मिल्यो भने जाने नै भन्नुभएको थियो । तर, विपद्का कारण कामको चाप छ । मन्त्रीज्यू अब जापान जानुहुन्न,’ सचिवालयका एक सदस्यले अनलाइनखबरसँग भने ।

यसअघि उनी नेपाली टोलीको अफिसियलका रूपमा एसियन गेम्समा जाने लिस्टमा थिए । चर्काे आलोचना भएसँगै उनी नजाने निर्णयमा पुगेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रामचरित्र मेहताले पनि एसियन गेम्सका लागि जापान नजाने निर्णय गरिसकेका छन् । दशौं राष्ट्रिय खेलकुदका तय गर्नुपर्ने भएकाले एसियन गेम्समा नजाने निर्णय गरेको मेहताले बताए ।

‘म जापान जानु भनेको दशौं सार्नु हो । १५/२० दिन जापान बसेपछि दशौं हुँदैन । सदस्य सचिव नहुँदा दशौंको काम अगाडि बढ्दैन,’ उनले भने, ‘त्यसैले म जापान नगए पनि गेम हुन्छ । तर, दशौं समयमा नहुन सक्छ । त्यसैले एसियन गेम्समा नजाने निर्णय गरेको हुँ ।’

एसियन गेम्स सस्मित पोखरेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय