+
+
Shares

करिब ४० करोड रुपैयाँ हिनाहिनाको आरोपमा महाशंकर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते २०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेगा ड्रिम बहुउद्देश्यीय सहकारी र अन्य ५९ जनाको २४ करोड १९ लाख २९ हजार ८४० रुपैयाँ हिनामिना गरेको आरोपमा महाशंकर रेग्मी पक्राउ परेका छन्।
  • बझाङ घर भई काठमाडौंको तार्केश्वर नगरपालिका ८ शान्तिटोल बस्ने ३६ वर्षीय रेग्मीविरुद्ध १५६ जनाले १५ करोड ४ लाख ८६ हजार रुपैयाँ हिनामिनाको आरोपमा ठगी मुद्दा दायर गरेका थिए।

३१ भदौ, काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी र केही व्यक्तिको रकम हिनामिनाको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

सहकारीको २१ करोड ५६ लाख ९३ हजार ६६९ र अन्य ५९ जनाको २ करोड ६२ लाख ३६ हजार १७१ रुपैयाँ हिनामिना गरेको आरोपमा बझाङ घर भई काठमाडौंको तार्केश्वर नगरपालिका ८ शान्तिटोल बस्ने ३६ वर्षीय महाशंकर रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै थप १५६ जनाले १५ करोड ४ लाख ८६ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा उनीविरुद्ध ठगी सम्बन्धी मुद्दा दायर गरेका थिए। उनी प्रहरीको फरार सूचीमा थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?