News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको लम्कीचुहामा गाईमाथि खुँडा प्रहार गरेको आरोपमा प्रहरीले १८ वर्षका दुई किशोरलाई पक्राउ गरेको छ।
- तीन दिनअघि पूर्वपश्चिम राजमार्गनजिक घाइते अवस्थामा भेटिएको गाईमाथि राति खुँडा प्रहार भएको सीसीटीभी फुटेजमा देखिएको थियो।
- प्रहरीले दुवै जनाविरुद्ध गाईगोरु मार्न नहुने कसुरमा मुद्दा दर्ता गरेर अन्य संलग्नको खोजी गरिरहेको छ।
१ असोज, धनगढी । कैलालीको लम्कीचुहामा गाईमाथि खुँडा प्रहार गरेर घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लम्कीचुुहा नगरपालिका–१ बस्ने १८ वर्षका दुई जना किशोर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले इलाका प्रहरी कार्यालय लम्कीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिए । उनकाअनुसार दुवै जनालाई गाई गोरु मार्न नहुने कसुरमा मुद्दा दर्ता गरेर अनुुसन्धान थालिएको छ ।
तीन दिनअघि पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीको विद्युत् कार्यालयको पूर्वतर्फ खुँडा प्रहार गरेर घाइते बनाएको अवस्थामा एउटा गाई फेला परेको थियो । अनुसन्धानका क्रममा गाईमाथि खुँडा प्रहार गरेको खुलेको थियो ।
सीसीटीभी फुटेजमा रातिको सयममा गाईमाथि खुडा प्रहार गरेका देखिएको थियो । घटनाका बेला ६/७ जनाको समूह त्यहाँ देखिन्छ । सोही फुटेजका आधारमा प्रहरीले दुई किशोरलाई पक्राउ गरेको हो भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4