News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल फिफा यू–१५ विश्वकप तथा फेस्टिभल अजरबैजान २०२६ को समूह ‘डी’ मा परेको छ ।
- समूह ‘डी’ मा नेपालले ब्राजिल, डिआर कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ ।
- अजरबैजानमा हुने प्रतियोगितामा समूह ‘डी’ का ६ टोलीबीच समूह चरणका खेलहरू हुनेछन् ।
१ असोज, काठमाडौं । नेपाल फिफा यू–१५ विश्वकप तथा फेस्टिभल अजरबैजान २०२६ को समूह ‘डी’ मा परेको छ ।
बिहीबार सार्वजनिक समूह विभाजनअनुसार नेपालले ब्राजिल, डिआर कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘डी’ मा सबैभन्दा बलियो टोलीका रूपमा ब्राजिल रहेको छ भने अफ्रिका, उत्तर अमेरिका र एसियाबाहिरका विभिन्न महादेशका टोलीसँग नेपालले खेल्ने अवसर पाएको हो ।
अजरबैजानमा आयोजना हुने प्रतियोगितामा विश्वभरका टोलीलाई विभिन्न समूहमा विभाजन गरिएको छ । नेपालसहित समूह ‘डी’ मा रहेका ६ टोलीबीच समूह चरणका खेलहरू हुनेछन् ।
समूह ‘डी’ का टोलीहरू: ब्राजिल, डिआर कंगो, एल साल्भाडोर, गिनी–बिसाउ, ट्युनिसिया र नेपाल ।
प्रतिक्रिया 4