+

एसियन गेम्स महिला भलिबल : इन्डोनेसियासँग पनि नेपाल सोझो सेटमा पराजित

२०८३ असोज  १ गते १७:३१ २०८३ असोज १ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्स २०२६ को महिला भलिबलमा नेपाल इन्डोनेसियासँग ३-० ले पराजित भयो ।
  • समूह ए मा नेपाल लगातार दोस्रो हारपछि क्वाटरफाइनल सम्भावनाबाट बाहिरिएको छ ।
  • नेपालले अब नवौंदेखि १४औं स्थानका लागि क्लासिफिकेसन म्याच खेल्नेछ ।

१ असोज, काठमाडौं । जापानको आइची–नागोयामा जारी २०औं एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

क्वाटरफाइनलको सम्भावना कायम राख्न जित्नैपर्ने खेलमा खेलमा नेपाल इन्डोनेसियासँग ३-० को सोझो सेटमा पराजित भएको हो ।

पहिलो सेट २५-१२ ले गुमाएको नेपालले दोस्रो सेटमा भने राम्रो प्रदर्शन गरेको थियो । यद्यपी दोस्रो सेटमा नेपाल २५-२१ ले पराजित भयो ।

तेस्रो सेटमा पनि इन्डोनेसियाले लय कायम राख्दै सुरुवात देखि नै अग्रता लिएको थियो र अन्तिममा २५-२० ले सेट आफ्नो पक्षमा पार्दै खेल जितेको छ ।

समूह ए मा रहेको नेपाल यसअघि पहिलो खेलमा आयोजक जापानसँग सोझो सेटमा पराजित भएको थियो ।

तीन टोली मात्रै रहेको समूह ए मा नेपालले लगातार दुई खेल हारेपछि घरेलु टोली जापान र इन्डोनेसिया एक खेल अगावै क्वाटरफाइन प्रवेश गरेका छन् । अब यी दुईबीच हुने खेल समूह विजेता बन्नका लागि निर्णायक हुनेछ ।

समूहको दुवै खेलमा पराजित भएपछि नेपालको क्वाटरफाइनल पुग्ने सम्भावना सकिएको छ । अब नेपालले नवौं देखि १४औं स्थानका लागि हुने क्लासिफिकेसन म्याच खेल्नुपर्नेछ ।

अन्य समूहको खेलहरु सकिएपछि नेपालले अब खेल्ने प्रतिद्वन्दीको टुङ्गो लाग्नेछ ।

२०औं एसियन गेम्सको महिला भलिबलमा एसियाका उत्कृष्ट १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

एसियन गेम्सको औपचारिक उद्घाटन कार्यक्रम सेप्टेम्बर १९ (शनिबार) भएपनि विभिन्न खेलका प्रतिस्पर्धाहरु भने त्यसअघि नै सुरु भइसकेको छ ।

बास्केटल, फुटबल, भलिबल र मोडर्न पेन्टाथलनका खेलहरु भइरहेका छन् भने आजदेखि महिला क्रिकेट र टेकबल पनि सुरु भएको छ ।

 

२०औं एसियन गेम्स एसियन गेम्स एसियन गेम्स महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय