२ असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि काठमाडौंमा जिल्ला र क्षेत्रीय संयोजकहरू तोकेको छ । क्षेत्रपार्टी पार्टी प्यालेसमा शुक्रबार बसेको बैठकले महाधिवेशनका लागि जिल्ला र क्षेत्रीय संयोजक तोकेको हो ।
इतर समूहले नेता जयकृष्ण महर्जनलाई काठमाडौं जिल्ला संयोजक तोकेको नेता प्रकाशमान सिंहको सचिवालयले जनाएको छ । उनी काठमाडौं–९ का क्षेत्रीय सभापति हुन् ।
इतर समूहले महाधिवेशनका लागि खटाएका केन्द्रीय प्रतिनिधि कल्याणी रिजालसहित बसेको बैठकले काठमाडौं–१ मा कुश ढकाललाई संयोजक बनाएको छ । उनी काठमाडौं महानगर–२९ नम्बरका वडा अध्यक्ष हुन् ।
यस्तै क्षेत्र नम्बर २ मा अर्जुन पराजुली, क्षेत्र नम्बर ३ मा लालु लामा, क्षेत्र नम्बर ४ मा सन्तोष भण्डारीलाई संयोजक तोकिएको छ ।
क्षेत्र नम्बर ५ का सभापति श्यामकृष्ण खडका र ६ का सभापति श्याम खड्गीले इतर समूहको महाधिवेशन प्रक्रिया अघि बढाउने भएका छन् ।
बैठकले क्षेत्र नम्बर ७ का लागि मनहरि तिवारी, ८ का लागि टेवेन्द्ररत्न शाक्य र १० का लागि शैलेश मानन्धरलाई संयोजक तोकेको छ ।
क्षेत्र नम्बर ९ का क्षेत्रीय सभापति मानन्धर जिल्ला संयोजक रहेकाले क्षेत्रीय संयोजक तोक्न बाँकी रहेको बताइएको छ ।
इतर समूहले १५ औं महाधिवेशनअन्तर्गत १५ असोजमा वडा अधिवेशन तय गरेको छ ।
प्रतिक्रिया 4