News Summary
Generated by OK AI. Editorially reviewed.- बाँसुरी फिल्म्सले ‘कबड्डी ५’ ६ कात्तिकमा देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ।
- रामबाबु गुरुङ निर्देशित फिल्मको शीर्षक ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ राखिएको छ।
- सेभेन सिज इन्टरनेसनलले फिल्मको विश्वव्यापी वितरण गर्नेछ।
काठमाडौं । यसवर्षको प्रतीक्षित फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि देशब्यापी प्रदर्शनमा आउने भएको छ ।
निर्माण कम्पनी बाँसुरी फिल्म्सले शुक्रबार पोस्टर सार्वजनिक गर्दै फिल्मलाई ६ कात्तिक (२३ अक्टोबर)मा रिलिज गर्ने घोषणा गरेको हो । पोस्टरमा शीर्ष तीन कलाकार दयाहाङ राई, विजय बराल र बुद्धि तामाङलाई देख्न सकिन्छ ।
यो श्रृंखलाका अघिल्ला चारैवटा फिल्म बक्सअफिसमा सुपरहिट भएका थिए । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५’को शीर्षक राखिएको छ- ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच ।’ फिल्मलाई सेभेन सिज इन्टरनेसनलले विश्वब्यापी वितरण गर्दैछ ।
यो फिल्ममा रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङदेल, माओत्से गुरुङ, कमलमणी नेपाल, विष्णु मोक्तान लगायतको अभिनय छ ।
निर्मातामा रामबाबुसहित मणिराम पोखरेल, मधु मिजार, विशाल गुरुङ रहेका छन् । कार्यकारी निर्मातामा सागर राज छन् ।

प्रतिक्रिया 4