+
+
Shares

मोरङका २५ नेताको संयुक्त वक्तव्य- हामी समूह होइन, सिंगो कांग्रेसको पक्षमा छौं

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, पूराना नेता गोपालमानिसंह राजभण्डारीसहित मोरङका २५ नेताले पनि मध्यमार्गी धारमा उभिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १८:२१

२ असोज, विराटनगर ।  नेपाली कांग्रेस संस्थापन पक्ष र इतर पक्षले छुट्टाछुट्टै महाधिवेशनको प्रक्रियाअघि बढाएपछि मोरङका २५ नेताले पार्टीलाई एकढिक्का बनाउन अपिल गरेका छन् ।

डा. शेखर कोइराला यसअघि मध्यमार्गी धारमा उभिएका थिए । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, पूराना नेता गोपालमानिसंह राजभण्डारीसहित मोरङका २५ नेताले पनि मध्यमार्गी धारमा उभिएका हुन् । मध्यमार्गी धारमा उभिएका नेताहरू कोइरालानिकट हुन् ।

उनीहरूले तत्काल दुवै पक्षलाई महाधिवेशनको प्रक्रिया रोकेर एकताको महाधिवेशन गर्न आग्रह गरेका छन् ।

‘हाम्रो पक्ष कुनै व्यक्ति वा समूह विशेषको पक्ष–विपक्ष होइन, नेपाली कांग्रेसको पक्षमा हो,’ उनीहरूद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘पार्टीको एकता, लोकतान्त्रिक मूल्य, संस्थागत मर्यादा र ऐतिहासिक विरासतको संरक्षण नै हाम्रो प्राथमिकता हो ।’

पूर्णएकता, सबै पक्षको सहमति र सहभागितामा हुने एकताको महाधिवेशन आफ्नो अन्तरआत्माको चाहना रहेको वक्तव्यमा उल्लेख छ । ‘यसले मात्र बलियो, सबल, सक्षम पार्टी निर्माण मद्दत पुग्ने हाम्रो विश्वास छ’, वक्तव्यमा भनिएको छ ।

नेताहरूले दुवै महाधिवेशनका प्रक्रियालाई एउटै साझा प्रक्रियामा अघि बढाउन भनेका छन् । ‘दुवै महाधिवेशन प्रक्रियालाई एउटै प्रक्रियामा समाहित गरी एकताको महाधिवेशन आयोजना गर्न जोडदार आह्वान गर्दछौं,’ नेताहरूले भनेका छन्, ‘आपसी संवाद, सहमति र लोकतान्त्रिक विधिबाट विद्यमान विवाद समाधान गरी सबै पक्षले स्वीकार गर्नसक्ने निष्पक्ष, स्पष्ट र सर्वस्वीकार्य महाधिवेशन कार्यतालिका सार्वजनिक गरिनुपर्छ ।’

कांंग्रेस मोरङका उपसभापति तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधान गरि महाधिवेशनमा जानुपर्ने बताए ।

‘यतिबेला पार्टीभित्र एकता चाहेका हौं, जसमा सबैको सहमति र सहभागितामा हुने एकताको महाधिवेशन सबैको अन्तरआत्माको चाहना रहेको छ,’ उनले भने, ‘जसले पार्टीलाई बलियो, सबल र सक्षम बनाउन अहम भूमिका खेल्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?