+
+
Shares

यसवर्षमा एक लाख युवालाई ‘जब म्याचिङ’मार्फत देशभित्रै रोजगारी दिन्छौं : श्रममन्त्री यादव

यस चालु आर्थिक वर्षमा जब म्याचिङमार्फत रोजगारदाता र रोजगार खोज्ने युवालाई जोडेर एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १९:१५

२ असोज, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले  वैदेशिक रोजगारीका साथै देशभित्रै आन्तरिक रोजगारी सिर्जनालाई प्राथमिकता दिएको बताएका छन् ।

शुक्रबार श्रम तथा रोजगार कार्यालय, जनकपुरधामले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विगतमा ८० प्रतिशतभन्दा बढी काम वैदेशिक रोजगारीमा मात्र केन्द्रित हुने गरेको टिप्पणी गर्दै अब आन्तरिक र वैदेशिक रोजगारी दुवैलाई समान प्राथमिकता दिइने बताए ।

यस्तै, चालु आर्थिक वर्षमा एक लाख युवालाई देशभित्रै रोजगारी दिने पनि मन्त्री यादवले बताए । ‘यस चालु आर्थिक वर्षमा जब म्याचिङमार्फत रोजगारदाता र रोजगार खोज्ने युवालाई जोडेर एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘यसका लागि सरकारले १२ वटा फ्ल्यागसिप रोजगारीका कार्यक्रमहरू लन्च गर्न लागेको छ ।’

जसमा एआई, ग्रिन जब्स, कृषि, डिजिटल रोजगारी, सिजनल काम तथा डोमेस्टिक र केयरगिभर सम्बन्धी कामहरू समावेश रहेको उनले बताए ।

यस्तै, असोज दोस्रो साता सीप तथा रोजगार मेला आयोजना गर्न लागेको पनि मन्त्री यादवले बताए । उक्त मेलामा वास्तविक रोजगारदाता र रोजगारीको खोजीमा रहेका श्रमिकहरूबीच प्रत्यक्ष म्याचिङ गराइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?