+
+
Shares

भारतीय विदेशमन्त्री एस जयशंकरसँग अर्थमन्त्री वाग्लेको भेट

भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १९:२०

२ असोज, काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा डा. वाग्ले र डा. जयशंकरबीच भेटवार्ता भएको हो ।

भेटका अवसरमा भारतीय विदेशमन्त्री जयशंकरले नेपालको भोटेकोशी बाढीका कारण मानव जीवन तथा सम्पत्तिमा भएको ठूलो विनासप्रति समवेदन प्रकट गरेको उल्लेख गरेका छन् ।

यस्तै, दुई देशबीचको आर्थिक, ऊर्जा तथा कनेक्टिभिटीका क्षेत्रलाई प्राथमिकतामा राखी समग्र सहकार्यमा जोड दिएको पनि उनले उल्लेख गरेका छन् ।

तीन दिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. वाग्लेले बिहीबार समकक्षी निर्मला सीतारमणसँग भेटेका थिए ।

शुक्रबार उनी विभिन्न कार्यक्रमहरूमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?