+
+
Shares

रसुवा बाढीमा सम्पर्कविहीन पत्रकार थामीको अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १२:२८

३ असोज, काठमाडौं । रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ ।

परिवारको सल्लाह र निर्णयअनुसार थामीको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको नेपाल थामी समाजले जनाएको छ।

नयाँ पत्रिकामा कार्यरत थामी कार्यालयबाट चार दिनको बिदा लिएर रसुवा गएका थिए। आफू एक कार्यक्रममा सहभागी हुन केरुङ जाने जानकारी उनले परिवारलाई गराएका थिए। उनी चीनतर्फ पुगे वा नपुगेको भने पुष्टि हुन सकेको छैन।

बाढी आउनुभन्दा अघिल्लो दिन रसुवातर्फ लागेका थामीसँग सोही दिन बेलुका परिवारको सम्पर्क भएको थियो। त्यसपछि उनीसँग कुनै सम्पर्क नभएको परिवारले जनाएको छ ।

टेकराज नेपाल थामी समाजका पूर्वउपाध्यक्षसमेत हुन् । दोलखा घर भएका थामीका श्रीमती र एक छोरी छन् ।

तस्वीर : आर्यन धिमाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?